Image

बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगर बनाउने

काठमाडौँ,  २ असार

लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय सासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् ।

नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन बर्षमा बालमैत्री वडा घोषणाको आवश्यक सुचक पूरा गरी नगरपालिकाका नाैवटै वडालाई बालमैत्री वडा घोषणा गरिने बताए । नगरपालिकाको १ र ६ वडालाई यसअघिनै बालमैत्री वडा घोषणा गरिएको छ ।

नगरपालिकाको समन्वयमा समाजिक विकास कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरू, नगरकार्यपालिका सदस्य, सरकारी तथा गैह्रसरकारी निकाय, बाल सञ्जाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकारलगायत विभिन्न सरोकारवाला निकायले बालमैत्री स्थानीय तह स्थापनाका लागि साथ र सहयोग गर्ने हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले सम्बन्धित संघसस्था, सरोकारबाला निकाय र सम्बद्ध व्यक्तिसँगैको सहकार्यमा २०८२ साल असार मसान्तसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ ।

संविधानको भाग ३, मौलिक हक, धारा ३९, स्थानीय सरकार संचालन ऐन २०७४, बलवालिका सम्वन्धी ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएका ५१ सूचक पुरा गरी आगामी तिन वर्ष सम्ममा बेसीशहरलाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको हो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *