Trending

बारा-३ मा प्रतिनिधिसभा सदस्यमा ज्वाला साह निर्वाचित

715Views
0 Shares

काठमाडौं, ९ मंसिर । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका ज्वालाकुमार साह निर्वाचित भएकी छिन् । एमाले पोलिटव्युरो सदस्य्समेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय