Image

बागमबागमती प्रदेश सभाको पहिलो बैठक बस्दैती

१८ पुस, काठमाडौं

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरी खड्काका अनुसार बिहान बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।

उनका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, दलका नेताहरुद्वारा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने, प्रदेश सभा नियमावली २०७४ अनुमोदन गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको चयन गर्ने लगायतका कार्यसूची छ ।

अधिवेशन सुरुभएसँगै प्रदेश सभाका सभामुख र उपसभामुख चयनको प्रकृया पनि सुरु हुनेछ । संविधानको धारा १८२ अनुसार पहिलो बैठक बसेको १५ दिन भित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *