बागमती प्रदेश: सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्नु हुनेभएको छ । राप्रपाले बुधबार उहाँलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो । सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । यस्तै, बागमती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि