बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत १० गते । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले विश्वासको मत लिदै छन् । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो । गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि