• Home
  • समाचार
  • बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन
Image

बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन


काठमाडौं, ५ असोज ।
बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘दिवार’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । सुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न चार पाँच वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो ।

पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *