Trending

बम काण्डमा परेका टकलालाई राहत,अन्यको सजाय यथावत

715Views
0 Shares

जनकपुरधाम : साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साह (टकलाको) सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।

उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षडयन्त्र रचेको ठहर गरिएको छ ।षडयन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ ।कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो मुद्दाको बहस चलिरहेको थियो ।दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो । सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो ।उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ ।

अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले जनाए । मिथिला राज्यको मागगर्दै रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा शक्तिशाली बम विष्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो । ३२ जना घाइते भएका थिए ।उपचारका लागि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डु लगिएको थियो । मिथिला राज्य संघर्ष समितिको आव्हानमा रामानन्द चोकमा धर्ना चलिरहेको थियो ।बम बिष्फोटबाट धर्ना बसेका ५ जनाको तत्कालै मृत्यु भएको थियो ।मृत्यु हुनेमा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झाको पनि मृत्यु भएको थियो ।उनलाई नेपाल सरकारले जनसेवाश्री पदकका लागि सिफारिस गरेको छ । २०६९ सालको बैशाख १८ गते बिहान बम बिष्फोट भएको थियो ।अत्यन्त शक्तिशाली रहेको सो बिष्फोटले घटनास्थल वरिपरिको क्षेत्र हल्लिएको थियो ।

सो बमकाण्डपछि जनकपुरधाममा लामो समय सम्म भयत्रासको वातावरण रहेको थियो ।साँझ नहुँदै मानिसहरु घर फर्कने गरेका थिए । मिथिला राज्यका अभियानीहरु मध्ये संयोजक परमेश्वर कापडी, हाल वडा नम्बर ८ का अध्यक्ष रमेशकुमार ठाकुर लगायतको हालत गंभीर थियो । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामापनि साहलाइ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।सो मुद्दाको पेशी कात्तिक १० गते तोकिएको छ ।सिंघानिया हत्यामा पनि साहलाई मुख्ययोजनाकार रहेको प्रहरी प्रतिवेदनमा छ । जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा जन्मकैदको सजाय र अन्य दोषीहरुलाई समेत सजाय तोकेको छ ।त्यस अतिरिक्त साहमाथि सम्पत्ती शुद्धिकरण आयोगको ३५ करोड बिगोको मुद्दा विशेष अदालतबाट फैसला भएको छ ।अख्तियार दुरुपयोग आयोग अनुसन्धानको मुद्दामापनि ३५ करोड बिगो र ५ साल कैदको सजाय विशेष अदालतले तोकेको छ ।

साहले ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।उनी हाल काठमाण्डु कारागारमा छन् ।सिंघानिया हत्या सम्बन्धी मुद्दाको सुनवाई उच्च अदालत जनकपुरधाममा हुनेछ ।तर सम्पत्ती शुद्धिकरण र अख्तियारको मुद्दाको सुनवाई सर्वोच्च अदालतमा हुनेछ । उच्च अदालत जनकपुरधामले गरेको फैसला बिरुद्ध सरकारी वकिलको कार्यालयले अब सर्वोच्चमा पुनरावेदन गर्ने बताइएको छ ।उच्च अदालतमा जिल्ला अदालतको फैसला बिरुद्ध साहले मुद्दा गरेको थियो । धनुषाका कयौं युवाहरु हत्या लगायतका अपराधमा जेलमा रहेका छन् ।उनीहरुको मुद्दा जिल्लामा फैसला भएर उच्च अदालत सम्म पुगेको छ ।सर्वोच्चबाट अन्तिम फैसला नभए सम्म उनीहरुको मुद्दा चलिरहने कानुन व्यवसायीहरु बताउँछन् । साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए ।

पहिलो पटकको चुनावमा उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव उनले सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए ।साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो ।राजनीतिमा खुट्टा जमाईसकेका साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए ।धनुषाका तत्कालिन प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट पक्राउगरि ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय