Trending

‘फ्री भिसा फ्री टिकट’ भनेर श्रमिकबाट रकम असुल्ने म्यानपावरलाई विभागले गरायो सचेत

1.0kViews
0 Shares

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि मलेसिया तथा खाडीका देशमा जाने श्रमिकबाट म्यानपावरले पैसा असुल्ने गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको छ ।

यी देशहरुबाट कामदार माग भइ सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगबाट माग प्रमाणीकरण हुँदाकै बखत फ्री भिसा फ्री टिकेट लगायतका अन्य सेवा शुल्क रोजगारदाताले नै व्यहोर्ने भनी उल्लेख गरेको हुन्छ । त्यसरी माग प्रमाणीकरण गरेर सम्बन्धित इजाजतपत्रवाला संस्थाले छनौटका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिन्छन् । त्यसपछि पनि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । तर यी सबै प्रक्रिया गर्दा शून्य लागतमा कामदार छनौट गरिने भनेर खुलाइ विज्ञापन गरे पनि श्रमिकबाट लाखाैँ रुपैयाँसम्म रकम असुल गर्ने, निष्पक्ष रुपमा छनौट गर्ने नगरेको भनि विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले सूचना जारी गरेको छ ।

पूर्व स्वीकृति लिइ छनौटका लागि प्रकाशित गरिएको सूचनामा उल्लेखित शर्तहरुका आधारमा नै छनौट गर्न विभागले सूचित गरेको छ । यस्तो नगरेमा कानुनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय