• Home
  • अर्थ
  • फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता
Image

फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता

काठमाडौं, २७ मंसिर। नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ।

नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ वृद्धिले सुधारको क्रममा रहेको शोधनान्तरमा फेरि दबाब पर्ने चिन्ता अर्थशास्त्रीहरूको छ । यद्यपि पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बढ्दै गएमा यसले सहजता आउने समेत आशा देखिएको छ । 

अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) फेरि कमजोर बनेको हो। गत ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको थियो।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो। डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ। स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। अहिले पनि त्यही भएको हो।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अमेरिकी अर्थव्यवस्थामा माग घटाउने प्रयासस्वरुप गत मार्च २०२२ बाट ब्याजदर बढाउन केन्द्रीत छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार फेडरल रिजर्भले यसै साता ५० आधार अंकको दर वृद्धिको घोषणा गर्ने सम्भावना छ, जसले सन् २०२२ को कुल दर वृद्धि बढाएर ४२५  आधार अंक पुग्ने आकलन गरिएको छ । 

उच्च अमेरिकी ब्याजदरले विश्वका ठूला पूँजी सबैभन्दा ठूलो अर्थव्यवस्थातर्फ जाने देखिन्छ ।  जसले भारतीय मुद्रा जस्ता उदीयमान बजारका मुद्रामा दबाब बढाउँछ । यसले नेपाली मुद्रालाई प्रत्यक्ष असर पुर्‍याउँछ । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *