• Home
  • अन्तराष्ट्रिय खबर
  • फिनल्यान्डकी प्रधानमन्त्रीको समर्थनमा हिलारीले पनि पोस्ट गरिन नाचेको भिडियो
Image

फिनल्यान्डकी प्रधानमन्त्रीको समर्थनमा हिलारीले पनि पोस्ट गरिन नाचेको भिडियो

न्युयोर्क, १३ भदौ


एउटा डान्स पार्टीमा अस्वभाविक रुपमा नाचेपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनको दिनहुँ समर्थन बढ्दो छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति पदकी पूर्वउम्मेदवार हिलारी क्लिन्टनले आइतवार समर्थन जनाएकी छिन् । 

विदेशमन्त्री हुँदा सन् २०१२ मा कोलम्बिया भ्रमणको क्रममा एक भीडभाड क्लबमा ठूलो मुस्कानसहित नाचेको आफ्नो तस्बिर राख्दै उनले ट्वीटरमा लेखेकी छिन्, ‘नृत्य जारी राख्नुहोस्, सान्ना मारिन ।’

हर्टको इमोजिसहित मारिनले तुरुन्तै जवाफ दिइन्, ‘धन्यवाद हिलारी क्लिन्टन । ’ केही दिनअघि लीक भएको भिडियोमा मारिनले साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच र पार्टी गरिरहेको देखाइएको छ ।

उक्त भिडियो प्रधानमन्त्रीको लागि अनुपयुक्त भएको उनका विरोधीहरुले आलोचना गर्दै आएका छन् । तर, उनको पनि व्यक्तिगत जीवन भएको भन्दै कतिपयले ३६ वर्षीय प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्रीमाथि  लागूऔष सेवनको आरोप लगाइएको थियो । सो आरोप पुष्टि गर्न उनले ड्रग टेस्ट गरेकी थिइन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।  

उनको भिडियो भाइरल भएपछि उनको सिको गर्दै विश्वभरका महिलाले नाचेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसअघि अस्ट्रेलियाकी संसदले पनि मारिनको समर्थनमा नाचेको तस्बिर पोस्ट गरेकी थिइन् ।
 

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *