Trending

प्रादेशिक अस्पताल सिरहाको लापरबाही, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो

1.5kViews
0 Shares

मुकेशकुमार यादव

सिरहा ७ असार । प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने पुगेका व्यक्तिको आन्द्रा नै काटिएको घटना सार्वजनिक भएको छ । परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण आन्द्रा काटिँदा गोलबजार नगरपालिका–११ बलकवाकी ३२ वर्षीया अम्बिका यादव समस्यामा परेकी छन् । 

गत ५ पुसमा परिवार नियोजनको लागि सिरहा प्रादेशिक अस्पताल गएकी उनको शल्यक्रिया गर्ने क्रममा आन्द्रा काटिएको उनका श्रीमान उमेश यादवले जानकारी दिए ।  प्रादेशिक अस्पताल सिरहाका सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवको  लापरबाहीले आफ्नी श्रीमती अम्बिकाको आन्द्रा नै काटिदिएको उमेशले बताए । 

‘शल्यक्रिया गरेको भोलिपल्ट पेट अत्याधिक दुख्न थालेपछि लहानको निजी अस्पतालमा लगे,’ उमेश भने, ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी धरानको विपि कोइराला विज्ञान प्रतिस्ठान पु¥याएँ । ६ महिलनादेखि त्यहीँ उपचार भईरहेको छ।’

परीवार नियोजनको क्रममा आन्द्रा काटिएर पेटभित्र पिप भरिएपछि शरीरको अन्य भागमा पनि इन्फेक्सन् फैलिएकाले पुनः शल्यक्रिया गनुपरेको उनले जानकारी दिए । ‘हस्पिटलको लापरबाहीले मेरो सर्वस्व स्वाहा भयो, आईसीयूमा मात्र करिब ४५ दिन राख्नुप¥यो ।  मानसिक र आर्थिक दुवै दुवैरुपले अहिले तन्नम भएको छु,’ उमेशले भने, ‘आन्द्रा काटिएकै कारण पछिल्लो ६ महिना देखि निरन्तर उपचारमा छौं । यस क्रममा ८५ लाख रकम खर्च भइसकेको छ । अझै कति हुने हो पत्तो छैन ।’  

सिरहा प्रादेशिक अस्पताका प्रमुख सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले नै शल्यक्रिया गरेको उमेशको दाबी छ । उनले अस्पतालका प्रमुख डा. नागेन्द्रलाई गुनासो गर्दा ‘तपाईं अहिले उपचार गराउनुस् पछि बसेर कुरा गरौँला’ भन्ने जवाफ दिएको बताए । तर, अहिले डा. यादवले फोन नै उठाउन छाडेको उमेशको गुनासो छ । ‘आफ्नो भएको सारा सम्पती सकिसक्यो । कसरी उपचार गराउने,’ उनी प्रश्न गर्छन् । 

गोलबजार नगरपालिका–२ गुरुधाम माइती भएकी रिंकु सिंह पनि  प्रादेशिक अस्पतालका चिकित्सक तेज शंकर यादवको लापरबाहीका कारण मर्कामा परेकी छन्। महोत्तरीको गौशाला नगरपालिका–१० बटौवा टोलकी रिंकु सिंहको श्रीमान अजयकुमार महतोले श्रीमतीको उपचारमा चिकित्सक तेज शंकर यादवले लापरबाही गरेको बताउँछन् ।

चिकित्सकको गम्भीर लापरबाहीका कारण श्रीमतीको जीवन संकटमा परेको उनले बताए । ‘गत मसिंर २९ गते सुत्केरी गराउन प्रादेशिक अस्पतालमा भर्ना गराएँ । सर्जरी गर्ने क्रममा गज पिस पेटभित्रै छोडेर टाँका लगाइएको रहेछ । रगत लतपतिएको गज पिस पेटभित्रै कुहिएर एक महिनापछि  उनको आन्द्रामा असर गर्‍यो । पछि उनको ३१ सेन्टिमिटर आन्द्रा काटेर फ्याल्नुप¥यो,’ उनले भने, ‘अहिले पनि श्रीमतीको उपचार भइरहेको छ । अझै आफँै खान, सुत्न र हिँड्डुलगर्न समेत सक्ने अवस्थामा छैन ।’ 

उपचारमा लापरबाही गर्ने प्रादेशिक अस्पताल सिरहाका चिकित्सक डा. तेजशंकर यादवमाथि कारबाहीको माग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिएको अजयकुमारले बताए । तर, प्रहरीले उजुरी दर्ता नगरेको उनले गुनासो गरे । 

‘शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेको कारण श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन  सक्ने भन्दै कारबाही र क्षतिपूर्तिसहितको माग गरेकोे,’ उनले भने, तर, पीडितको जाहेरी प्रहरीले दर्ता नगर्दा अन्यायमा परेको महसुस भइरहेको छ ।’

शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा रहेकोले खुल्न आएको छ ।  भतिजालाई बचाउन सुपरिटेन्डेन्टले अरु चिकित्सकलाई फसाउन खोजिरहेको आरोप पनि लागेको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले  शल्यक्रिया गर्ने चिकित्सक डा. राकेश सिंह रहेको जानकारी दिए । यता डा. राकेश सिंहले आफूलाई फासाउन खोजेको बताए । उनले रिंकुको सर्जरी नगरेको भन्दै प्रहरी र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए।

रिंकुकुमारी सिंहको सर्जरी डा. तेजशंकर यादवले गरेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ । ‘गाइने÷ओब्स’ रजिस्ट्ररमा ७८ नम्बरमा रिंकुको नाम र सर्जरी गरेको चिकित्सक, असिस्ट गरेको अर्को चिकित्सक र अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ ।

अस्तालको रजिष्टरमा पनि डा. तेजशंकर स्त्रीरोग विशेषज्ञको नाम उल्लेख गरेको छ । र मातृ तथा नवजात शिशु सेवा रजिस्ट्ररमा पनि सुत्केरी गराउने स्वास्थ्यकर्मीको नाउँमा डा. तेजशंकर यादव लेखिएको छ। 

यस विषयमा बुझ्न मेसु डा. नागेन्द्रप्रसाद यादवको कार्यालयमै पुगे पनि भेट हुन सकिएन । पछि फोन सम्पर्कमा उनले परिवार नियोजन गर्दा आन्द्रा काटिनै नसक्ने बताए । थप जिज्ञासा राख्न खोज्दा आफू कार्यक्रममा रहेकाले पछि कुरा गरौंला भन्दै फोन काटे । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय