• Home
  • समाचार
  • प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा पुनः सफलता: खैरो हिरोईनसहित दुई पक्राउ
Image

प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा पुनः सफलता: खैरो हिरोईनसहित दुई पक्राउ

वीरगंज – इलाका प्रहरी कार्यालय ढल्केबरले लागुऔषध विरुद्धको अभियानमा पुनः सफलता हात पारेको छ। प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा सोमबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोतांता चौक नजिक ‘खैरो हिरोईन’ (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन्।

प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केबर र मातहत प्रहरी चौकी पोर्ताबाट खटिएको प्रहरी टोलीले बा.प्र.०२–१–२०८७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई जाँचका क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, मोटरसाइकलको पछाडि सवार सिराहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादव मोटरसाइकलबाट हाम फालेर झाडीमा केही वस्तु फाल्दै भाग्न खोजेका थिए। तर प्रहरीको सतर्कताले उनलाई नियन्त्रणमा लिइयो। झाडीबाट संकलन गरिएको सामग्री जाँच्दा ३७.०९ ग्राम तौलको ‘खैरो हिरोईन’ फेला परेको प्रहरीले जनाएको छ।

यस घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–९ का ३९ वर्षीय रोहन कुमार सिंह समेत पक्राउ परेका छन्।

दुवैजनालाई नियन्त्रणमा लिएर धनुषा जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

यसअघि असोज १ गते पनि प्रहरी निरीक्षक यादवको टोलीले गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारमा ४७५ किलो गाँजा बरामद गर्दै दुईजनालाई पक्राउ गरेको थियो।

लगातार भइरहेको सफल कारबाहीहरूले लागुऔषध नियन्त्रणमा ढल्केबर प्रहरीको सक्रियता र प्रभावकारिता झनै बलियो बन्दै गएको देखिन्छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *