Trending

प्रशासनको ताकेताको बेवास्ता गर्दै ठेकदार, वर्षौंदेखि अलपत्र मोटरेबल पुलको निर्माण कार्य

795Views
0 Shares


काठमाडौं । भदौ १५ गते
मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न चार महिनाअघि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । तर प्रशासनको निर्देशनको बेवास्ता गर्दै मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मर्स्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि अलपत्र पुलको निर्माणकार्य अगाडी बढेको छैन ।

सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई ०७८ चैतमा निर्देशन दिए पनि प्रशासनको निर्देशनको बेवास्ता भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजार लागतमा निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीय छिरिङ गुरुङले बताए ।

पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो ।

त्यसैगरी मनाङको माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ । आर्थिक वर्ष ०७४÷०७५ मा सम्झौता भई निर्माण सुरु भएको मोटरेबल पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो । कम्पनीले नौ करोड रकममा निर्माण गर्नेगरी सम्झौता गरेको थियो ।

निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको थियो ।

करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्दे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ आचार्यको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय