• Home
  • राजनीति
  • प्रधानमन्त्री दाहालद्वारा संवैधानिक परिषदको बैठक आह्वान
Image

प्रधानमन्त्री दाहालद्वारा संवैधानिक परिषदको बैठक आह्वान

काठमाडौं, बैशाख ५ गते । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषदको बैठक बोलाएका छन्।बैठक शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने सचिवालय स्रोतले जनाएको छ।

सोमबार नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले चाँडै नै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने माग गर्दै आएका छन्।

हाल सर्वोच्च अदालतमात्र नभइ ६ वटा उच्च अदालतमा पनि कायममुकायम मुख्य न्यायाधीशको नेतृत्व छ। उच्च अदालतमा मुख्यबाहेकका अरू न्यायाधीशको पद पनि रिक्त हुँदै गएको छ ।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेसँगै न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए। उनले करिब ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका थिए। त्यसपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *