• Home
  • समाचार
  • प्रदेश २ सभामा विविध खर्चको नाममा प्रमाणविनै १ करोड ३१ लाख खर्च
Image

प्रदेश २ सभामा विविध खर्चको नाममा प्रमाणविनै १ करोड ३१ लाख खर्च

जनकपुरधाम : प्रदेश २ को प्रदेश सभा सचिवालयमा विविध नाममा खर्चको नाममा प्रमाणबिनै १ करोड ३१ लाख रकम खर्चेको पाइएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा प्रदेशसभा सचिवालयले विविध खर्चको बिल संगलग्न गरेकोपनि खर्च गर्नुपर्ने आधारसहितको प्रमाण संलग्न नगरी १ करोड ३१ लाख ३६ हजार खर्च गरेको हो ।

अधारप्रमाण पेश नगरी सो रकम खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

यो रकम सभाले विविध खर्च अन्तर्गत अतिरिक्त समयमा काम गरेको खाजाखानाना, होटेल तथा पार्टिप्यालेसमा भएको सभासमारोहको बाहेकको खर्च हो ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५ मा कार्यालय मातहतबाट समेत सम्पादन गरिने कार्यक्रमलाई मितव्ययी बनाउन आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने र नियम ३६ ९३० अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण कागजात संगलग्न गरेर खर्च लेख्नु पर्ने व्यवस्था छ ।

विविध खर्चको स्पष्ट उद्देश्य र खर्चको याथार्थता पुष्टि हुने प्रमाण बेगर खर्च लेख्ने कार्यमा नियन्त्रण गर्न महालेखापरीक्षक कार्यालयले सुझाव दिएको छ ।

प्रदेशसभा सचिवालयमा स्थापनाकालदेखि नै बसेका वर्तमानका निमित सचिव रञ्जित यादव विभिन्न सरसमान खरिदमा अनियमितता गर्दै आएका छन् । सभामुख सरोजकुमार यादवको विशेष आग्रहमा उनलाई सचिवालयको निमित सचिव बनाइएको छ ।

सांसदका लागि खरिद हुने ल्यापटप, कार्यालयका सरसमानखरिद, भौतिक संरचना निर्माण लगायतमा सभामुख यादव र निमित सचिव यादवको मिलेमतोमा अनियमितता हुने गरेको छ ।

टुडेपाटीबाट

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *