Trending

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् २६ निर्वाचन क्षेत्र 

845Views
0 Shares

काठमाडौं, १ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । 

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

उम्मेदवारले प्रचार–प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ–१, पाँचथर–२, संखुवासभा–१, सोलुखुम्बु–१, खोटाङ–१, दोलखा–१, रामेछाप–१, काभ्रेपलाञ्चोक–१, काभ्रेपलाञ्चोक–२, मकवानपुर–१, मकवानपुर–२, गोरखा–१ र लमजुङ–१ रहेका छन् । 

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची–१, रोल्पा–१, प्यूठान–१, दाङ–१, बर्दिया–१, बर्दिया–२, सल्यान–१, डोल्पा–१, हुम्ला–१, जाजरकोट–१, बझाङ–१, डोटी–१ र बैतडी–१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय