• Home
  • राजनीति
  • प्रतिनिधिसभा चुनाव नलड्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको घोषणा
Image

प्रतिनिधिसभा चुनाव नलड्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको घोषणा


काठमाडौं, १७ असोज । प्रतिनिधिसभा चुनाव नलड्ने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले घोषणा गरेका छन् । आज समाजिक सञ्जालमार्फत आर्फत उनले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिएका छन् । उनले आफूलाई लगातार ३ निर्वाचनमा विजयी गराएकोमा मतदातालाई धन्यवाद समेत दिएका छन् ।

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेका थिए ।२०६४ – २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन,’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन, कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *