• Home
  • Uncategorized
  • प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले मन्त्री पाउने 
Image

प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले मन्त्री पाउने 

सुर्खेत, २४ साउन

कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ । मन्त्री  छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मलन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ । 

सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो ।

संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा सोमबार नै बिदा भएका छन् । संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेको इन्चार्ज मल्लले बताए । उनका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लोपटक नै सहमति भए पनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ । माओवादीले सबै जिल्लाबाट मन्त्री बनाए पनि डोल्पाबाट अहिलेसम्म मन्त्री बनाएको छैन । शाही विवादरहित नेतामा पर्दछन् । 

कर्णाली सरकारमा अहिले तीनदलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ। यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ । 

११ जना सांसद रहेको माओवादीमा दलका नेता  महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित सातजना मन्त्री भइसकेका छन् । पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ४ दिन अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni ६ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *