Image

प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मार्यो, तनावग्रस्त जेरुसेलम


काठमाडौं, चैत २३ गते । एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास गरे पछि जेरुसलममा बिशाल प्रदर्शन भएको हो । इजरायल प्रहरीले भने प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाको खोजीका लागि मस्जिदमा छापा मारेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रमादानको अवसरमा मस्जिदमा ठूलो संख्यामा मानिसहरु रहेको बखतमा खोजीको सूचीमा रहेका लडाकु रहेको आशंकामा ईजरायली प्रहरीले छापा मारेको हो । तर, मस्जिद प्रवेश गरेको इजरायली प्रहरीले ग्रिनेड प्रहार गरेको तथा बन्दुक पड्काएर स्थिति तनावग्रस्त गराएको जेरुसलमका मुश्लिम संघ संस्थाहरुको आरोप छ ।

लडाकु खोज्ने नाममा धार्मिक स्थललाई आातंकित बनाउँदै इजरायली प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको घटनाको विरोध गर्दै जेरुसेलममा प्रदर्शन भड्किएको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *