Trending

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

800Views
0 Shares

काठमाडौं, ९ मंसिर ।  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् । 

रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गरेका छन् । 

दोहास्थित  रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।

जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए । त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन । 

जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ ।  दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय