• Home
  • समाचार
  • पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव
Image

पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

पोखरा, १४ असोज

पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् । याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट भेडाच्यांग्रा ल्याएको छ ।

प्राविधिकहरुले ति भेडा च्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा केही भेडाच्यांग्रा अस्वस्थ देखिएको छ । ‘अस्वस्थ भेडाच्यांग्रा नबेच्नु भनेर निर्देशन दिएका छौं । केही बाहेक सबै स्वस्थ छन्, खानका लागि उपयुक्त छन्,’ उनले भने । समितिले  १५ वटा भेडा, च्यांग्राको नमुना परीक्षण गरेकोमा स्वस्थ भेटिएको छ । पशु प्राविधिकहरुले गरेको परीक्षणमा केही भेडाच्यांग्रामा पीपीआर देखिएको थियो ।

पशु प्राविधिक ढाकाराम पौडेलका अनुसार १५ वटा परीक्षण गर्दा एउटामा पीपीआर देखिएको छ । ‘आँखामा चिप्रा, नाकमा सिगान नभएको र नछेरेको हेरेर किन्नुहोला,’ उनले उपभोक्तालाई भने, ‘यो रोग मान्छेलाई त सर्दैन । तर स्वस्थ नै छान्नुपर्छ । हाम्रो चिन्ता यो रोग गाउँतिर नपुगोस् भन्ने हो ।’

यसपालि भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ । मूल्य निश्चित गर्न सके उपभोक्तालाई मर्का नपर्ने उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

‘व्यवसायिलाई जति मन लाग्यो उति मुल्य पर्छ । यसको निर्धारण गर्ने एउटा विधि बनाइनुपर्छ,’ उनले भने, ‘सरोकारवाला निकायले भेडाच्यांग्राको मुल्य निर्धारण गर्नुपर्छ ।’

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *