• Home
  • Uncategorized
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र
Image

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र

काठमाडौं । जेठ १७ गते
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल महिला संघ बैतडी जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बलात्कारका घटनाका दोषीमाथि कडा कारबाही गनुपर्ने, समाजमा भएका सबै खाले हिंसा, अन्याय, अत्याचार तथा भेदभावका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरिएको अनेम संघका जिल्ला इन्चार्ज सरस्वती नेपालीले बताइन् ।

पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य बस्तुहरूको मुल्य नियन्त्रण गरी सर्वसुलभ, सहज र सुपथ मूल्यमा पाउने व्यवस्था गर्न र कृत्रिम अभाव हुन नदिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

सोही मागहरू सहित राष्ट्रिय युवा संघ नेपाल दशरथचन्द नगर कमिटी बैतडीले पनि ज्ञापनपत्र पेस गरेको छ । संघका नगर अध्यक्ष नन्द बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीलाई बुझाइएको हो । भारतीले उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *