Trending

पृथ्वीजयन्तीलाई पुनःस्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना बिपरित –अध्यक्ष यादव

925Views
0 Shares


काठमाडौ, पुस २६ गते । पृथ्वीजयन्तीलाई पुनःस्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीतको कार्य भएको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारण राख्दै उनले पृथ्वी जयन्तीलाई पुनस्स्थापित गर्नुले विविधतामा एकता नभइ विभेद, असमानता र विविधता उत्पन्न गर्ने बताएका हुन। जसपा अध्यक्ष यादवले सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो। तसर्थ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वीजयन्तीको दिन बिदा दिने निर्णय गरेको हो।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , राजतन्त्रत्मक निरंकुश पन्चायतती ब्यबस्थाले स्थपित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२–०६३को जन आन्दोलनद्वारा खारेज गरीएको थियो । नेपाल कम्युनिष्ट पार्टी ( एमाले र माओवादी )को नेतृत्वमा रहेको पुस्पकमल दहाल उर्फ प्रचण्डको सरकारले यसलाई पुनर्स्थापित गर्नु जन आन्दोलनको मर्म र भावना बिपरित कार्य हुनुका साथै शहीदहरूक‍ो अपमान गर्नु पनि हो। यसले विबिधतामा एकता हैन,एकतामा विभेद ,असमानता र विबिधता नै उत्पन्न गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय