For Youtvnepal long gif
  • Home
  • राजनीति
  • पुर्व सहयात्री र अहिलेका प्रतिष्पर्धी छविलाल विश्वकर्मा र घनश्याम भुसाल
Image

पुर्व सहयात्री र अहिलेका प्रतिष्पर्धी छविलाल विश्वकर्मा र घनश्याम भुसाल

काठमाडौं, २९ कात्तिक । काठमाडौं, २२ कात्तिक ।केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिष्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिंड्नेको कुनै विश्वास् नहुने भन्दै मत मागिरहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिएका थिए ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ५ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ५ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *