• Home
  • राजनीति
  • पुरुषोत्तम पौडेल बारा–२ मा एमालेको उम्मेदवार
Image

पुरुषोत्तम पौडेल बारा–२ मा एमालेको उम्मेदवार


काठमाडौं, चैत २० गते ।काठमाडौं । नेकपा एमालेले बारा–२ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा एमालेले उपनिर्वाचनका लागि उम्मेदवर टुंगो लगाएको हो । बारा–२ मा आगमी १० बैशाखमा उपनिर्वाचन हुँदैछ । यसअघि पौडेल साबिकको बारा–३ र ६ बाट चुनाव जितेका थिए । तर, पछिल्लो पटकको २ वटा निर्वाचनमा भने उनले टिकट पाउन सकेका थिएनन् । मंसिरको निर्वाचनमा बारा–२ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

बारा–२ को उपनिर्वाचनमा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको एमाले प्रचार विभागका उप प्रमुख बिष्णु रिजालले जानकारी दिए । उनले भने,‘एमालेले बारा–२ को उपनिर्वाचनमा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’बारा–२ मा जसपाका उपेन्द्र यादव उम्मेदवार बनेका छन् । त्यस्तै, जनमत पार्टीले माओवादी केन्द्र परित्याग गरेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । काँगेस र माओवादी केन्द्रले उक्त निर्वाचन क्षेत्रमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *