Image

पुटिननिकट टीभी पर्सनालिटीले रुसले अब बेलायतमा हमला गर्नुपर्छ बताए

काठमाडौं, १७ जेठ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए ।

दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे ।  रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमला  स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए ।

युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ भनि सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ तब जान्छौँं ।’

‘हामी कहाँ रोकिने ? ठिक छ, मैले आज भनेको थिएँ । हुनसक्छ स्टोनहेन्ज । लिज ट्रस भन्छिन् कि उनी युद्ध लड्ने व्यक्ति हुन्’, सोलोभियोभलाई उद्धृत गर्दै  इन्डिपेन्डेन्टले अगाडि लेखेको छ ।

पुटिनले युक्रेनको राजधानी किभमा हमला गर्नुपर्ने पनि सोलोभियोभले बताए । बेलायतका विदेशमन्त्री लिज ट्रसले पुटिनसँग सम्झौता गर्न नचाहेको भन्दै रुसी सञ्चारमाध्यमले उनको आलोचना गर्दै आएका छन् ।

गत महिना जर्मनीमा आयोजित बैठकमा विदेशमन्त्री ट्रसले जी–७ र नेटो नेताहरूलाई पुटिनले ‘विश्व मञ्चमा आफूलाई अपमानित गरिरहेको’ आरोप लगाएकी थिइन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *