काठमाडौं, २८ मंसिर । पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्नका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका हुन् ।
उनले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रुपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताएका थिए ।सभापति देउवाले भने निर्वाचनको अन्तिम मतपरिणाम नआइसकेकाले त्यसबारे छलफल गरेर अघि बढ्नुपर्ने बताएका छन् ।












