• Home
  • ताजा समाचार
  • पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु
Image

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु

काठमाडौं, १७ जेठ

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि  जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्छ ।

यो वर्षको गंगा दशहरा मेला मंगलबारदेखि मेला सुरु भएको छ । मेला २६ जेठ दशमीका दिनसम्म लाग्नेछ । अघिल्ला वर्षमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकस समितिका अध्यक्ष संजिक डिएमले बताए । मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । अहिले दैनिक ३० जनाभन्दा बढी मेला भर्न आइरहेको बताइएको छ ।

कोभिडको जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौ हजार भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौ तीर्थयात्री आउने गरेका छन् । काठमाडाैंको गोंगबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ । दुई दिनको पैदलयात्रापछि चन्दनबारी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।

१०८ कुण्ड रहेको रसुवामा वर्षेनी हजारौको संख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि ४३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *