पर्सा क्षेत्र नम्बर १ को बिकासका लागि आफु तयार रहने अजय द्धिवेदीको भनाई
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १९ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले आफनो चुनावी प्रसार प्रसार अन्तरर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेका छन ।वडा नम्बर १५ को लक्ष्मणवामा घर घरमा पुगेर जनता स्वतन्त्र उम्मेदवार द्धिवेदीले माछा छापमा मतदान गरी आफूलाई विजय गराउँन आग्रह गरे । उनले पर्सा क्षेत्र नम्बर १ को बिकासका लागि आफुलाई जिताउन आग्रह गरेका हुन ।
घरदैलो कार्यक्रम अन्तरर्गत मतदाताको घर घरमा पुगेका उनलाई स्थानियले विजयीको कामना सहित माताको प्रसाद खुवाउँदै आर्शिवाद समेत प्रदान गरेका थिए । द्धिवेदीको उम्मेदवारीले स्थानिय मतदाता हर्षित समेत रहेका छन ।घरदैलो कार्यक्रममा जाँदा उनलाई स्थानियले भव्य रुपमा स्वागत गर्दै जीतको अग्रिम शुभकामना बधाई दिदैं माछा छापमै मतदान गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
स्वतन्त्र उम्मेदवार द्धिवेदी नेपाली काँग्रेसका बागी उम्मेदवार समेत हुन् । पार्टीले टिकट नदिएपछि जनताको चाहना अनुसार उनले आफनो उम्मेदवारी दिएका हुन ।स्वतन्त्र उम्मेदवारी दिएका द्धिवेदीले जनताको पुकार ‘विभेदको खिलाप विद्रोह, अन्यायको खिलाप प्रतिकार’ मुख्य नारा दिदैं चुनावी मैदानमा उत्रेका हुन ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि