• Home
  • समाचार
  • पर्साका नयाँ एसपी पाठकले कडा कदम चाल्ने तयारी, अपराध र अवैध गतिविधि नियन्त्रणमा फोकस
Image

पर्साका नयाँ एसपी पाठकले कडा कदम चाल्ने तयारी, अपराध र अवैध गतिविधि नियन्त्रणमा फोकस

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखमा नयाँ प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले मंगलबार कार्यभार सम्हालेका छन्। एसपी पाठकको स्वागत र पूर्व एसपी गौतम मिश्रको विदाइको कार्यक्रम जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित गरिएको थियो।

एसपी मिश्रको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढी, कैलालीमा सरुवा भएपछि उनलाई सम्मानपूर्वक विदाइ दिइएको हो। पर्सामा कार्यरत रहँदा, एसपी मिश्रले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए, जसको कारण प्रहरी कर्मचारीहरूले उनलाई सम्मानका साथ विदाइ गरेका थिए।

कार्यक्रममा एसपी सुदिप राज पाठक र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतको पनि स्वागत गरिएको थियो। डिएसपी किशोर लम्सालका अनुसार, यस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका अन्य प्रमुख अधिकारीहरू, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, इलाका प्रहरी कार्यालय पोखरियाका निरीक्षक स्वरुप शर्मा लगायत विभिन्न युनिटका प्रहरी अधिकृतहरूको उपस्थिति थियो।

कार्यभार सम्हालेपछि, एसपी पाठकले मातहतका प्रहरी अधिकृतहरूसँग बैठक गरेर जिल्लाको शान्ति सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए। उनले अवैध गतिविधिहरूको नियन्त्रणमा कुनै सम्झौता नगर्ने र अपराध नियन्त्रणमा कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

एसपी पाठकले प्रहरी कार्यालय परिसरमा दलाल र बिचौलियाहरूको प्रवेश निषेध गर्न र पीडित तथा सेवाग्राहीहरूले सीधै आफूलाई भेट्न सक्ने सुनिश्चितता दिन कडा निर्देशन दिएका थिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *