• Home
  • राजनीति
  • पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी
Image

पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी

काठमाडौं, ८ मंसिर । पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए । उनले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए । प्रदेश सभा (क) मा भक्त कुवँर निर्वाचित भए ।

उनले माओवादीका सुदीप कुवँरलाई हराएर डेब्यू गरेका हुन् । भक्तले १५ हजार ५ सय ३४ मत ल्याए भने सुदीपले १३ हजार ४ सय ६० मत पाए । प्रदेश सभा (ख) मा एमालेका मित्रलाल बस्याल विजयी भए । उनले कांग्रेसका बौद्धिक नेता ऋषिकेश तिवारीलाई हराएका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा प्रतिश्पर्धी तिवारीको १२ हजार २ सय १० मत आएको छ । 
 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *