• Home
  • प्रदेश नं २
  • पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि बर्दिबासमा सुझाव संकलन
Image

पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि बर्दिबासमा सुझाव संकलन

विशाल बस्नेत  

महोत्तरी, ६ असार ।  संस्कृति तथा पर्यटन  प्रवर्द्धन समिति बर्दिबासले पर्यटन  प्रवर्द्धनको लागि सुझाव संकलन गरेको छ । नगरभित्र रहेका पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले बार्षिक स्थापना दिवसको अवसर पारेर सरोकारवालाहरुसँग समितिले सुझाव संकलन गरेको हो ।

बर्दिबास नगरभित्र १८ औ शताब्दीमा अङ्ग्रेजसँग युद्ध गर्दा बनाइएका हतियार कारखानासमेत रहेको खोज अनुसन्धानले देखाएको छ । प्राचिन र ऐतिहासिक लामो विरासत रहेको बर्दिबासमा ऐतिहासिक संग्राहालयसमेत बनाउन सक्ने सकिने जानकार तथा सराेकारवालाले बताएका छन् । 

धार्मिक पर्यटन, कृषि पर्यटन र नगरभित्र रहेका सम्भावनाहरुको खोजी भइइरहेको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताए । हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानिएको टुटेश्वरनाथ बाबाधाम यही नगरमा रहेको छ भने जंगवहादुर राणाले सेतो बाघ देखेपछि मृत्युको कारक बनेको भनिएको स्थल पञ्चधुरा माई मन्दिर पनि यहिँ रहेको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *