• Home
  • समाचार
  •   पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका सडक स्तराेन्नति सुरू
Image

  पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका सडक स्तराेन्नति सुरू

सुर्खेत, ५ असोज । जाजरकाेटका पर्यटकीय तथा जलविद्युत आयोजनासँग जोडिएका मुख्य तीन वटा सडकको स्तराेन्नति सुरु भएको छ । भेरी करिडोरअन्तरर्गत छिन्चु-जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी-रारा सडक निर्माण र सतराेउन्नति सुरू भएकाे हाे । 

जाजरकोट हुँदै जुम्ला जोड्ने सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन पनि सुरू भएकाे छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्रकाे ८३ किलोमिटर सडकमा समेत काम सुरू भएकाे छ ।  

सिंह एण्ड ब्रदर्स कम्पनीका विश्वास उप्रेतीका अनुसार ब्रदर्सले लिएको ठेक्कामध्ये जाजरकोट-कुदु देखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालाेपत्रे सम्पन्न भइसकेको छ । यस्तै, स्याउलीदेखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पनि कालाेपत्रे भइरहेकाे छ । कार्कीगाउँ-थलह २० किलोमिटरमा पनि काम सुरु भएकाे छ । 

थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालाेपत्र पूरा भएको छ । चालु आर्थिक वर्षभित्रै मध्यपहाडी लोकमार्गअन्तरर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य सरकारकाे छ । 

भेरी करिडोरकाे जाजरकोट-डोल्पा सडक खण्डको ११८ किलोमिटरमध्ये पासागाड-रिम्ना ( १७ किलोमिटर) खण्ड यति बिल्डर्स प्रालि सातदोबाटो ललितपुरले तीन वर्ष देखि सतराेउन्नती र कालाेपत्रे गरिरहेका छ । रिम्ना–तल्लु सम्माको ४० किलोमिटर सडक ३६ महिनाभित्र निर्माण पूरा गर्नेगरी भदौबाट स्तराेन्तति सुरु भएको छ । एक अर्बको ठेक्कामा उक्त काम श्रेष्ठ कन्सट्रक्सनले लिएकोमा  श्रेष्ठबाट यति बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको गोरखबहादुर केसीले जानकारी दिए । 

यो सडक समेत यही आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दावी छ । भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिब्रिज निर्माण पूरा भएर सवारी साधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश बस्यालले जानकारी दिए । 

डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ । यस्तै, जाजरकोट र रुकुम पश्चिमको बीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले जानकारी दिए । जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै लुम्विनी –रारा सडक खण्डको काम समेत जारी रहेको छ । 
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *