• Home
  • समाचार
  • पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै
Image

पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै

काठमाडौं, वैशाख ४ गते । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ ।

पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन । अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । पदमार्गअन्तर्गत लमजुङको बेसीशहरदेखि पर्यटक पैदलयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।

सिजन सुरु भएसँगै मनाङमा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिएका छन् । दैनिक रुपमा ५० भन्दा बढी पर्यटक मनाङ भित्रिन थालेका छन् ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित यात्राको सुरुवात गर्दछन् ।

मनाङमा दुई वटा सिजनमा पर्यटक आउँछन् । सिजनअनुसार तिर्नुपर्ने रकम पनि फरक–फरक निर्धारण गरिएको छ । नार्पाभूमि गाउँपालिकाका सबै क्षेत्र र नासों गाउँपालिकाका ६ र ७ नम्बर वडामा घुम्दा सेप्टेम्बरदेखि नोभेम्बरसम्म अलि महँगो पर्दछ ।

एक साताको एक सय अमेरिकी डलर तथा त्यसपछि थप्नुपर्दा प्रतिदिन १५ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टको सिजनमा एक साताको ७५ अमेरिकी डलर तथा त्यसपछि दैनिक १५ अमेरिकी डलर तिर्नुपर्ने प्रावधान निर्धाण गरिएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *