• Home
  • समाचार
  • न्याय माग्दै काठमाडौं आएका महिलाहरुलाई अझै न्याय मिलेन
Image

न्याय माग्दै काठमाडौं आएका महिलाहरुलाई अझै न्याय मिलेन

कार्तिक २
काठमाडौँ ।

बाँकेको नेपालगञ्जदेखि २० दिन पैदल यात्रा गरी न्याय माग्दै काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरूलाई अहिलेसम्म न्याय मिलेको छैन ।

उनीहरू असोज २२ गते नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी न्याय माग्न काठमाडौं आएका हुन्।

असोज २४ गते आइतबार गृह मन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आइतबार सिंहदरबारमा महिला अधिकारकर्मीहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै उनलाई नकुन्नी र निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताएपनि बाँकेबाट आएको महिला तथा अधिकारकर्मीको टोली भने अझै कारबाहीको माग गरी धर्नामा नै बसिरहेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *