For Youtvnepal long gif
  • Home
  • समाचार
  • नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा
Image

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा

काठमाडौं, १ कात्तिक । नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रवेश गरेको हो ।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत सोमबार सम्पन्न पाँचौ राउण्डको खेलमा नेपालले आयोजक बंगलादेशसँग ४(० को हार व्यहोरेको थियो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि ३–५ र ०–५ को नतिजा निकालेपछि नेपालको सुपर लिग यात्रा सम्भव भएको छ । सबै खेल जितेको बंगलादेश १० म्याच प्वाईन्ट बनाउँदै शिर्ष स्थानमा रहेर सुपर लिगमा प्रवेश पायो भने चार खेलबाट ८ म्याच प्वाईन्ट बनाएको श्रीलंका दोश्रो स्थानमा रहन सफल भयो । दुई खेल जितेर समान चारचार म्याच प्वाईन्ट बनाएपनि गेम प्वाईन्टका आधारमा नेपाल तेश्रो, पाकिस्तान चौथो तथा माल्दिभ्स पाचौं स्थानमा रहे ।

लिग चरणको अन्तिम खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारी बंगलादेशका ग्रान्डमास्टर ईनामुल हुसेनसँग पराजित भए । त्यसैगरी अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठलाई ग्रान्डमास्टर जिउर रहमानले हार चखाए । सिंगेश्वर दास तथा राजेन्द्र बज्राचार्य क्रमशः ईन्टरनेशनलमास्टरद्धय मोहमद फहाद रहमान तथा मोहमद मिन्हाज उदीनसँग पराजित हुन पुगे । च्याम्पियनशीपमा भुटानले कुनै पनि खेल जित्न सकेन ।

च्याम्पियनशीपमा सुपर लिगका खेल मंगलबारबाट शुरु हुनेछन् । मंगलबार आयोजक बंगलादेशले श्रीलंकाको सामना गर्नेछ । त्यसैगरी नेपालले बुधबार श्रीलंका र बिहिबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ । च्याम्पियनशीपमा सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । समग्रमा चौथो स्थानमा रहन सफल पाकिस्तानले १ हजार अमेरिकी डलर नगद हात पारेको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *