• Home
  • समाचार
  • नेपाल–भारत विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति
Image

नेपाल–भारत विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति

काठमाडौं, चैत ४ गते । विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न आदान प्रदान समितिको १४ औँ बैठकले यस्तो निर्णय गरेको नयाँ दिल्लीबाट इकागजलाई प्राप्त विवरणमा उल्लेख छ । बैठकमा नेपाली पक्षको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको थिए भने उनको समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य (पावर सिष्टम) अशोककुमार राजपुतले गरेका थिए ।

औसत विद्युत् मूल्य प्रतियुनिट ७.२१ भारु (११ रुपैयाँ ५३ पैसा) हुनेछ । यो दर १३२ केभीको हो । सन् २०१९–२० देखि हालसम्म ‘टेक एण्ड पे’ (बिजुली खरिद गरे मात्र भुक्तानी हुने) आधारमा बिजुली औसत भाउ वृद्धि गरिएको प्राधिकरण स्रोतले बतायो ।

भारतसँग १३२ केभी, ३३ केभी र ११ केभीमा विद्युत् आदान प्रदान हुँदै आएको छ । हाल ११ केभीको प्रसारण लाइन उपयोगमा छैन । ३३ केभीको औसत दर प्रतियुनिट ७।५ भारु ९१२ रुपैयाँ० छ । १३२ केभीको भन्दा ३३ केभी महँगो हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *