• Home
  • ताजा समाचार
  • नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु
Image

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु

काठमाडौं  पुष ४ 

‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन् । ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन् ।

उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो । उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छन् ।

नेपाल फर्किएर काम गर्ने उनको योजना छ । तत्काल उनको हातमा फिल्म छैन तर उनी अभिनित फिल्म ‘जारी’ वैशाख १ गते रिलिजको तयारीमा छ । अनलाइनखबरसँग कुरा गर्दै उनले आफू केही समय म्युजिक भिडियोसहित प्रोजेक्टको काममा व्यस्त हुने बताइन् ।

उनी अभिनित म्युजिक भिडियो ‘कालो केशमा रेलिमाई’को फिमेल भर्सन यसैसाता रिलिज भएको छ । अन्य केही म्युजिक भिडियो उनको पाइपलाइनमा छन् ।

मिरुना अन्तर्राष्ट्रिय विकास विषयकी विद्यार्थी समेत हुन् । यही विषयमा उनले लण्डनको एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी छन् । तत्काल फिल्म नगर्ने योजना सुनाउँदै उनले आफू केही समय म्युजिक भिडियो र अन्तर्राष्ट्रिय विकासको विषयमा गैरसरकारी संस्थासँग मिलेर काम गर्ने उनले जानकारी दिइन् ।

मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ ले नेपालमा मात्रै २४ करोड कमाउँदै कीर्तिमान रचेको थियो । विवादका कारण भारतको सिक्किममा यो फिल्मलाई प्रतिबन्ध लगाइयो भने डायस्पोराबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *