Trending

नेपाल फर्किइन् मिरुना, भन्छिन्- म्युजिक भिडियो र एनजीओको काममा व्यस्त हुनेछु

985Views
0 Shares

काठमाडौं  पुष ४ 

‘कबड्डी ४’ रिलिजताका भिक्षुलाई थप्पड हानेको घटनापछि अभिनेत्री मिरुना मगर मिडियाबाट ओझेलमा रहिन् । ग्राजुएसनका लागि लण्डन पुगेकी उनी लामो समय त्यतै बसिन् ।

उनको लण्डन प्रस्थान परिवारलाई भेट्नु र ग्राजुएसनमा भाग लिनु मात्र थिएन, बरु आफूविरुद्ध नेपालमा भइरहेका ‘कन्ट्रोभर्सी’बाट टाढा बस्नु पनि थियो । उनै मिरुना यतिबेला फेरि नेपाल फर्किएकी छन् ।

नेपाल फर्किएर काम गर्ने उनको योजना छ । तत्काल उनको हातमा फिल्म छैन तर उनी अभिनित फिल्म ‘जारी’ वैशाख १ गते रिलिजको तयारीमा छ । अनलाइनखबरसँग कुरा गर्दै उनले आफू केही समय म्युजिक भिडियोसहित प्रोजेक्टको काममा व्यस्त हुने बताइन् ।

उनी अभिनित म्युजिक भिडियो ‘कालो केशमा रेलिमाई’को फिमेल भर्सन यसैसाता रिलिज भएको छ । अन्य केही म्युजिक भिडियो उनको पाइपलाइनमा छन् ।

मिरुना अन्तर्राष्ट्रिय विकास विषयकी विद्यार्थी समेत हुन् । यही विषयमा उनले लण्डनको एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी छन् । तत्काल फिल्म नगर्ने योजना सुनाउँदै उनले आफू केही समय म्युजिक भिडियो र अन्तर्राष्ट्रिय विकासको विषयमा गैरसरकारी संस्थासँग मिलेर काम गर्ने उनले जानकारी दिइन् ।

मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ ले नेपालमा मात्रै २४ करोड कमाउँदै कीर्तिमान रचेको थियो । विवादका कारण भारतको सिक्किममा यो फिल्मलाई प्रतिबन्ध लगाइयो भने डायस्पोराबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय