• Home
  • ताजा समाचार
  • नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न
Image

नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न

नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पसमा आयोजना गरिएको थियो, जसमा करिब १०० जना विद्यार्थीहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख वक्ताहरू डा. निरज कुमार सिंह ले “जीवन र त्यो एक घण्टा” विषयमा समय व्यवस्थापन र उद्देश्यपूर्ण जीवनशैलीका महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरे। डा. प्रीति यादव ले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा विद्यार्थीहरूलाई सशक्त बनाउने र सकारात्मक सोच विकास गर्ने उपायहरू प्रस्तुत गरिन्।

कार्यक्रमका प्रमुख अतिथि डा. कल्पना पौडेल, क्याम्पस प्रमुख, वीरगञ्ज नर्सिङ क्याम्पसले नर्सिङ विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्त्वबारे प्रकाश पार्नुभयो।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार राना को समन्वय रहेको थियो। उहाँले समाजले यस्ता शैक्षिक र प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो:

श्री जगत प्रसाद साह कानु, वीरगञ्ज महानगरपालिका वडा अध्यक्ष, वडा नं ४

श्री निरोज चौलागाई, वडा प्रहरी कार्यालय, विर्ता, इन्स्पेक्टर

श्री ऋषि राज साट्याल, सचिव, नेपाल इनोभेटिभ सोसाइटी

श्री विजय कुमार बल, स-सचिव, नेपाल इनोभेटिभ सोसाइटी तथा निर्देशक, लिटिल बड्डी प्रिस्कूल, वीरगञ्ज

डा. स्वाति गुप्ता, सदस्य, नेपाल इनोभेटिभ सोसाइटी

श्रीमती सबिना अधिकारी, विभाग प्रमुख, वीरगञ्ज नर्सिङ क्याम्पस

कार्यक्रम सञ्चालन निशा साहले गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सहज र आकर्षक बनाइन्।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईले कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आशा व्यक्त गर्नुभयो।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *