• Home
  • ताजा समाचार
  • नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न
Image

नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न

नेपाल इनोभेटिभ सोसाइटीको आयोजनामा र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पसमा आयोजना गरिएको थियो, जसमा करिब १०० जना विद्यार्थीहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख वक्ताहरू डा. निरज कुमार सिंह ले “जीवन र त्यो एक घण्टा” विषयमा समय व्यवस्थापन र उद्देश्यपूर्ण जीवनशैलीका महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरे। डा. प्रीति यादव ले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा विद्यार्थीहरूलाई सशक्त बनाउने र सकारात्मक सोच विकास गर्ने उपायहरू प्रस्तुत गरिन्।

कार्यक्रमका प्रमुख अतिथि डा. कल्पना पौडेल, क्याम्पस प्रमुख, वीरगञ्ज नर्सिङ क्याम्पसले नर्सिङ विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्त्वबारे प्रकाश पार्नुभयो।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार राना को समन्वय रहेको थियो। उहाँले समाजले यस्ता शैक्षिक र प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो:

श्री जगत प्रसाद साह कानु, वीरगञ्ज महानगरपालिका वडा अध्यक्ष, वडा नं ४

श्री निरोज चौलागाई, वडा प्रहरी कार्यालय, विर्ता, इन्स्पेक्टर

श्री ऋषि राज साट्याल, सचिव, नेपाल इनोभेटिभ सोसाइटी

श्री विजय कुमार बल, स-सचिव, नेपाल इनोभेटिभ सोसाइटी तथा निर्देशक, लिटिल बड्डी प्रिस्कूल, वीरगञ्ज

डा. स्वाति गुप्ता, सदस्य, नेपाल इनोभेटिभ सोसाइटी

श्रीमती सबिना अधिकारी, विभाग प्रमुख, वीरगञ्ज नर्सिङ क्याम्पस

कार्यक्रम सञ्चालन निशा साहले गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सहज र आकर्षक बनाइन्।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईले कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आशा व्यक्त गर्नुभयो।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *