• Home
  • राजनीति
  • नेपाली समाज अस्थिरता र अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको छ –शंकर पोखरेल
Image

नेपाली समाज अस्थिरता र अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको छ –शंकर पोखरेल


काठमाडौं,फागुन २१ गते । नेपाली समाज अस्थिरता र अराजकतातर्फ गइरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भनाई छ । आज काठमाडौंमा सहिद यदुनाथ गौतमको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले धर्म र राजनीतिलाई जोड्ने र समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको बताए ।

त्यस्ता सामाजिक चुनौतीहरूविरुद्ध लड्नका लागि बलियो शक्तिको खाँचो महासचिव पोखरेलले उल्लेख गरेका छन् । उनले अहिले हाम्रो समाजमा सामाजिक असुरक्षाको वातावरण बनेको जिकिर गरेका छन् । समाजलाई जबर्जस्ती गलत बाटोमा लैजाने शक्तिहरू हाबी भइरहेको उनको भनाई छ । हासचिव पोखरेलले समाजमा अस्थिरता र अराजकताको चुनौती यसरी बढेको बताएका छन् । उनले भने, एकातिर सांस्कृतिक अतिवाद छ, जसले राजनीति र धर्मलाई जोड्ने प्रयास गरिरहेको छ । अर्कोतिर धर्मान्तरको प्रवृत्ति बढेको छ । जसले नेपालको मौलिक संस्कृतिलाई तहसनहस बनाइरहेको छ ।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *