Trending

नेपाली फेसन शोमा ब्राजिल र मोरक्कोका सुन्दरीले नापे र्‍याम्प

1.0kViews
0 Shares

काठमाडौं  पुष ६

 नेपाली कला, संस्कृतिलाई विदेशमा फैलाउने उद्देश्यले फिल्म ‘आमा’का निर्माताले अष्ट्रेलियामा फेसन शो आयोजना गरेका छन् ।

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ नाम दिइएको शोलाई पानीजहाजमाथि आयोजना गरिएको थियो । निर्माता तथा असाप इन्टरटेनमेन्टका सन्तोष अधिकारीले शोको चौथो सिजन सम्पन्न भएको जानकारी दिए ।

रोविन परियारको डिजाइन पहिरिएर नेपाली तथा विदेशी मोडलले र्‍याम्प नापेका थिए । कोरोना महामारीपछि पहिलो पटक आफूले महंगो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनले बताए ।

नेपालीसहित ब्राजिल र मोरक्कोका सुन्दरीले र्‍याम्प नापेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने वचन दिएको जनाइएको छ ।

शोका दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । अधिकारीको निर्माण र दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ नेपालमा हिट भएको थियो ।

उनले अर्पण थापा निर्देशित फिल्म ‘तीन जन्तु’को निर्माण पनि गरिसकेका छन् । देवकुमार श्रेष्ठसँग मिलेर उनले अर्को फिल्म ‘डलर एयुडी’ निर्माणको तयारी थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय