नेपालले ७ अर्ब रुपैयाँको चिया तथा कफी निर्यात गर्यो

130Views
0 Shares

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ । भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो । ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ । ६ महिनाको अवाधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
40°
Sunny
5:28 am7:01 pm +0545
Feels like: 40°C
Wind: 13km/h W
Humidity: 20%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
40°C
40°C
39°C
36°C
34°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय