• Home
  • मनोरञ्न
  • निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक
Image

निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक


काठमाडौं, भदौ २५ गते
गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

गायक तथा संगितकार बिकास पाण्डेको शब्द र संगीत रहेको गितको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो ।

गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एनएस आर्याले गरेका हुन् । गीतका संगितकार पाण्डेले करिब डेढ महिनादेखिको मेहनतले सफलता प्राप्त गरेको बताएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगीत रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको बताए ।

भिडियो सार्वजनिक कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगीत, छायांकन र निर्देशनले गीत हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *