• Home
  • राजनीति
  • निवार्चनमा चित्रलेखा यादव र राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा
Image

निवार्चनमा चित्रलेखा यादव र राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा


काठमाडौं, २० कात्तिक । सिरहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

सिरहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्‌वारहरू अन्यक्षेत्रमा घरभएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ। उनले माइती नवराजपुर–४ नहरनियाँबाट मतदान गर्नेछिन् ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उनी पनि यस क्षेत्रका मतदाता होइन । उनी नरहा गाउँपालिका ३, चोहर्वाका हुन्। उनी प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन। पहिलो संविधानसभा २०६४ मा सिरहा ६ बाट विजयी भएका उनी दोस्रो सम्विधानसभा २०७० मा त्यहीँ पराजित भए । २०७४ मा सिरहा(४ बाट विजयी भएका उनी अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनको क्षेत्रमा पार्टीका नेता डा.वीरेन्द्र महतोले नछोडेपछि उनी २ नम्बरमा गएका हुन्।

यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी पनि यस क्षेत्रका मतदाता होइनन्। उनी सिरहा नगरपालिका १९ सन्हैठाका मतदाता हुन्। सन्हैठा सिरहा क्षेत्र नम्बर ३ मा पर्छ। प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन्। उनी पनि सिरहा ४ नम्बर वडाका मतदाता हुन्। उनको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ।यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। उनीसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन्।

यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आ‌ंकलन गरिएको छ। गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेको दाबी गरिएको छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हो ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *