• Home
  • राजनीति
  • निर्वाचनका बेला भूकम्पपीडितका लागि आर्थिक सहायता गर्नु आचारसंहिताविपरीत–निर्वाचन आयोग
Image

निर्वाचनका बेला भूकम्पपीडितका लागि आर्थिक सहायता गर्नु आचारसंहिताविपरीत–निर्वाचन आयोग


काठमाडौं, २३ कात्तिक । निर्वाचन आयोगले डोटीबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चक्र मल्लले भूकम्पपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आर्थिक सहायता दिने घोषणा गर्नु आचारसंहिताविपरीत भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अवधिमा सरकारबाहेक स्वतन्त्र व्यक्तिले आर्थिक सहायता घोषणा गर्न वा दिन नपाइने बताएका हुन् । एमाले डोटी अध्यक्षसमेत रहेका मल्लले बुधबार बिहान भूकम्पपीडितका लागि १ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए । तर, आयोग प्रवक्ता पौडेलले त्यस्तो कार्यलाई आचारसंहिताविपरीत भनेका हुन् ।

बुधबार बिहान गएको भूूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ११ असोजमा आयोगले ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै सरकार, दल, उम्मेदवार र संघसंस्थाको नाममा निर्देशन जारी गरेको थियो । निर्देशनपत्रको १२औँ बुँदामा आर्थिक सहायता दिन नहुने उल्लेख छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *