• Home
  • समाचार
  • निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग
Image

निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग


काठमाडौं, भदौ २९ गते
निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ । बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तिबाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो । पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो । संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताईन् ।

यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार गरी ४० हजार सहयोग जुटेको छ । दलका नेता, जनप्रतिनिधि एबं समाजसेबीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राति कान्तिबाल अस्पताल लगिएको थियो । श्वास फेर्न गार्‍हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रिफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति काठमाडौं पठाइएको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *