• Home
  • राष्ट्रिय खबर
  • नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भयो – बालेन्द्र साह
Image

नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भयो – बालेन्द्र साह


काठमाडौं माघ ११ गते । नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले टिप्पणी गरेका छन् । मंगलबार आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नो धारण राख्दै महानगर प्रमुख साहले आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका हुन।

प्रेमप्रसादको व्यवसायमा, निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको मेयर साहले बताएका छन्। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएको मेयर साहको भनाइ छ। उनले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल देखेका छन् , ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’ ‘हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन। हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन। जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।’

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *