Trending

धुवाँको तुवाँलोमा रुमल्लियो नयाँ दिल्ली, प्रदुषणस्तर निकै खराब

120Views
0 Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ ।

नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ । नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर ९टाढा० जान विज्ञहरुले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरुले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी०को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो । राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ । सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो ।

राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ । भातरको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
37°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 13km/h WNW
Humidity: 29%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
38°C
38°C
37°C
35°C
33°C
WedThuFriSatSun
40°C / 24°C
41°C / 26°C
42°C / 26°C
43°C / 28°C
43°C / 28°C

प्रिय न्युज


लोकप्रिय