धान, चामल निर्यातमा भारतले २० प्रतिशत निर्यात शुल्क लगाएपछि मारमा व्यवसायी

775Views
0 Shares

भैरहवा, २७ भदौ

उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न माग गरेका छन । उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल सरकारले भन्सार विन्दुमै खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो । 

संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र पठाउँदै नेपाली उद्योगी, व्यवसायी तथा आम उपभोक्ताहरुलाई राहत पुर्याउन अग्रिम कर हटाउनु पर्ने माग गरेको छ । 

नेपाल कृषिप्रधान राष्ट्र नेपाल भनिए नेपालमा हुने उत्पादन परिमाणले नेपाली जनताको आवश्यकता र उद्योगको कच्चा पदार्थको लागि परिपूर्ति गर्न नसक्ने अवस्था छ । माग पूरा नहुने भएकाले बाध्यतावश भारतबाट धान, चामलहरु आयात गरीरहेको अवस्था छ । सरल र सहज तवरबाट शून्य भन्सार दरमा भारतबाट आयात हुँदै आएको धान, चामल निर्यातमा भारत सरकारले शुक्रबारदेखि लागू हुने गरी  २० प्रतिशत निर्यात शुल्क लगाएकाले यस्को प्रत्यक्ष मार नेपाली उद्योगी व्यवसायीहरुमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले बताए । भारतले नेपाली मदिरा तथा वियर एवं दाना उत्पादक उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुँदै आएको चामलको कनिका निर्यातमा समेत पूर्णतः बन्देज लगाएको छ । 

भारत सरकारबाट धान, चामलमा वृद्धि गरिएको निर्यात शुल्क र कनिका तथा गहुँ निर्यातमा लगाइएको बन्देजले धान, चामल लगायतका खाद्यान्नसँग सम्बन्धित नेपाली स्वदेशी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने देखिएको अध्यक्ष न्यौपानेको भनाइ छ । उनले भने, ‘धान, चामलको मूल्यवृद्धि भर्इ नेपाली उपभोक्ताहरुलाई समेत असर पर्ने देखिएकाले उक्त प्रावधान फिर्ता लिन सम्बन्धित भारतीय निकायमा यथाशीघ्र आवश्यक पहल गरी स्वदेशी उद्योग तथा व्यवसायीहरुको संरक्षण गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।’

यस्तो निर्णयले नेपाल भारत खुला सिमाको कारण धान, चामलका अबैध कारोबार बढ्ने र यस्ता अबैध कारोबारको कारण, स्वदेशी  धान, चामल उद्योगहरुको उत्पादन धराशयी भई बन्द हुने हुँदा यसको असरले बेरोजगार बढ्न जाने, ऊर्जा खपतमा असर पर्ने, उद्योग र बैंकको लगानीसमेत डुब्न जाने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै क्षेत्रमा प्रतिकूल असर पर्ने संघका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । यस विषम परिस्थितिमा केही भए पनि नेपाली स्वदेशी उद्योगी, व्यवसायीहरु तथा आम उपभोक्ताहरुलाई समेत राहत पु¥याउन नेपाल सरकारले भन्सार विन्दुमा लिँदै आएको खाद्यान्न आयातमा लगाइएको अग्रिम कर  छुट गराउन अनुरोध गरेको छ । नेपालमा आव ०७८/७९ मा करिब पाँच लाख ५० हजार मेट्रिक टन चामल र पाँच लाख ५० हजार मेट्रिक टन धान तथा ५० हजार मेट्रिक टन कनिका भारतबाट आयात भएको तथ्यांक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय