• Home
  • समाचार
  • धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ८ जना घाइते
Image

धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ८ जना घाइते


काठमाडौं, १५ असोज। —शनिबार धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । जिल्ला अस्पताल धादिङका अनुसार मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ वर्षका इन्द्रजीत पासी र २५ वर्षका सद्दाम अन्सारी रहेका छन् ।घाइतेमध्ये वर्ष २२ का विनोद चमार, वर्ष २८ का तुलसीराम पासीलाई रिफर गरिएको छ ।

अन्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. दिनेश रेग्मीले जानकारी दिए ।कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए ।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये ३ को मध्यम र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *